अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्धको घोषणा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको केही घण्टापछि बुधबार साँझ ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले थप प्रतिबन्धको घोाषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले इरानको मिसाइल आक्रमणबाट कोही अमेरिकी हताहत नभएको समेत उनले स्पट पारे ।
ट्रम्पले भने, इरानको मिसाइल आक्रमणबाट कुनै ठुलो क्षति भएको छैन, सेनालाई सलाम छ ।’ राष्ट्रपति ट्रम्पले आफुहरुसँग अत्याधुनिक हतियार भए पनि त्यसलाई अहिले प्रयोग गर्न नचाहेको बताए । उनले भने, हामीसँग अत्याधुनिक हतियारहरु छन्, तर हामी त्यसलाई प्रयोग गर्न चाहादैनौ ।’
उनले आफ्ना सैनिकहरु सुरक्षित रहेको समेत दाबी गरे । ट्रम्पले इराकमा अमेरिकी सेनाहरू बस्ने हवाई अड्डाहरूलाई लक्षित गरी गरिएको आक्रमणपछि इरान अमेरिकाभन्दा निकै तल उभिरहेको देखिएको भन्दै ब्यंग्य गरे । बुधबार इरानले इराकका इरबिल र अल असद सैनिक आधार शिविरहरूमा मिसाइल आक्रमण गरेको थियो ।
केही दिनअघि मात्र इरानका सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी सेनाको ड्रोन आक्रमणमा मृत्यु भएको थियो । सुलेमानीको मृत्यलगत्तै ती दुई देशबीच थप तनाव बढिरहेको छ ।
ट्रम्पका सम्बोधनका महत्वपूर्ण हाइलाइट्सः –
आक्रमणमा कुनै अमेरिकीको मृत्यु भएको छैन ।
–अमेरिका जवाफी युद्धका लागि तयारी अवस्थामा रहेपनि इरान पछि हटेकाले युद्धको अवस्था छैन
–इरानमाथि थप आर्थिक नाकाबन्दी लगाइने छ।
जसका लागि राष्ट्रसंघमा छिट्टै प्रस्ताव लगिनेछ ।
–इरानले आणविक कार्यक्रम तत्काल अन्त्य गर्नुपर्छ ।
–कासिम सोलेमानी विश्वका प्रमुख आतंककारी हुन्। उनी पहिल्यै मारिनुपथ्र्यो ।
–हामी अहिले तेलको नम्बर वान उत्पादक हौँ । हामीलाई मध्यपूर्वको तेल चाहिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण