मौसम पूर्वानुमानः हिउँदे झरी लम्बिने, फेरि अर्को वर्षा भित्रिँदै
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलबारबाट परेको झरी अझै केही दिन नरोकिने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बिहीबार पनि देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली भूभागहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, बिहीबार राति पनि पश्चिमका केही स्थान, मध्य र पूर्वका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने मध्य, पूर्वी उच्च पहाडी र हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
त्यस्तै, महाशाखाले यो तेस्रो हिउँदे वर्षा नसकिँदै नेपालमा चौंथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको जनाएको छ । नेपालतिर आउँदै गरेको उक्त प्रणालीका कारण फेरि सोमबारदेखि वर्षाको संकेत गरिरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण