विपिन भन्छन् ‘सेल्फी किङ’को कथा आफ्नै जीवनसँग मेल खान्छ’
काठमाडौं । अभिनेता विपिन कार्कीले फिल्म ‘सेल्फी किङ’को कथा आफ्नो वास्तविक जीवनसँग केहीहदसम्म मेल खाने बताएका छन् । केही दिनअगाडि राजधानीमा आयोजित ‘सेल्फी किङ’ को ट्रेलर लञ्च कार्यक्रममा विपिनले भने, ‘सेल्फी किङ’ ले उठाएको कथा हरेक सेलिब्रेटीको जीवनसँग केही न केही मेला खान्छ । म पनि सेलिब्रेटी भएको नाताले फिल्मको कथासँग मेरो जीवन धेरै मिल्छ ।’ कथाकै कारण आफुले ‘सेल्फी किङ’ अभिनय गरेको विपिनले सोही अवसरमा सुनाए ।
विशाल सापकोटाको निर्देशन रहेको फिल्म ‘सेल्फि किङ’ मा विपिनले ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकारको भूमिका निभाएका छन् । फिल्म ‘सेल्फी किङ’ को तीन दिनको कथामा तयार पारिएको छ ।
सुवास थापा र दिनेश राउतले मिलेर निर्माण गरेको फिल्ममा विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ ।
आउँदो माघ २४ गते रिलिज मिति तोकिएको फिल्मको टीजर र ट्रेलरमा अभिनेता विपिन कार्कीले बोलेको ‘यो मुला स्टारडम, सेलिब्रेटी, पपुलारिटी, फ्रेम भन्ने कुरा छ नी मुतको न्यानो जस्तो मात्र हो । एकछिन तातो हुन्छ मज्जा आउँछ । एकछिन पछि घिन लाग्न थाल्छ । गन्हाउँछ’ अहिले सानादेखि ठुलासम्मको मुखमा झुड्डिन सफल भएको छ ।
प्रवल कोइराला र राजेश बिसुराल सहनिर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायाँकन र जीवन थापाको सम्पादन, निर्मलकुमार लामाको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण