जटही र भिट्ठामोडमा विषादी परीक्षण प्रयोगशालाको आवश्यकता छ: अर्थमन्त्री खतिवडा
जनकपुर । अर्थमन्त्री डा.युवराज खतिवडाले व्यवसायिक समृद्धिका लागि जनकपुर क्षेत्र वरिपरिका सिमानाका तर्फ रहेको जटही र महोत्तरीको भिट्ठामोड नाकामा विषादी परिक्षण प्रयोगशाला र क्वारेन्टाईन स्थापनाको आवश्यकता रहेको बताएका छन् ।
शनिवार जनकपुर उद्योग वाणिज्य संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री डा.खतिवडाले जनकपुरधाम भविष्यमा व्यवसायिक भार बढ्न सक्ने भन्दै जनकपुरको राजश्व कार्यालयको दायरा बढाउन र भन्सार नाकाहरुमा गोदाम तथा कर्मचारी थप्ने कार्य चाँडै हुने बताए ।
व्यवसायीहरुले भीसीटीएसभित्र कारोबार गर्दा पनि राजश्व अनुसन्धान कार्यालय र प्रहरीले अनाहकमा दुःख दिने गरेको गुनासो आएपनि लिखित रुपमा प्रमाण सहित गुनासो नआउदा कारबाही हुन नसकेको उनले बताए । उनले लिखित रुपमा प्रमाणसहित गुनासा र जानकारी नआएसम्म दुःख दिने कर्मचारी र प्रशासनलाइ कारबाही गर्ने मन्त्री खतिवडाले प्रतिबद्धता जनाए ।
मन्त्री डा.खतिवडाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको जनकपुरधाममा पर्यटकले गर्दा आर्थिक वृद्धि हुने सम्भावना रहेकोले भारतीय गाडीको समयाअवधि बढाउन उचित कानूनी व्यवस्था गरी समयावधि सहज बनाउन प्रयासरत रहेको बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले जटहि र भिट्ठामोड नाकालाइ देशकै तेश्रो ठुलो भन्सार नाकाको रुपमा घोषणा गर्न अर्थ मन्त्रालयसँग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण