सरकारसँग सहकार्य गरी अघि बढ्न चेम्बर प्रतिवद्ध
आइतबार, २७ पुस २०७६, १३ : २१
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० औं वर्ष प्रवेश एवं चेम्बर डे को अवसरमा प्रभातफेरी निकालेको छ ।
आइतबार काठमाडौंको जमल, न्युरोड, असन लगायतका बजार क्षेत्रमा चेम्बर अफ कमर्सले प्रभातफेरी निकालेको हो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बर स्थापना भएदेखिका कामहरुलाई निरन्तरता दिने प्रतिवद्धता सहित प्रभातफेरी निकालिएको बताए । उनले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणमा सरकारसँग सहकार्य गरी अगाडि बढ्न चेम्बर प्रतिवद्ध रहेको समेत बताए ।
प्रभातफेरीमा काठमाडौं, ललितपुर लगायतका जिल्लाका चेम्बर आवद्ध व्यसायीहरुको सहभागिता रहेको थियो । ‘व्यापार समृद्धिको आधार’, ‘राष्ट्रिय पूँजी र व्यववसायीहरुको आधार, समृद्धि र विकासको मुख्य पूर्वाधार’ लेखिएका ब्यानरसहित प्रभातफेरी निकालिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण