अनेरास्ववियुको केन्द्रीय समितिले लियो सपथ
आइतबार, २७ पुस २०७६, १६ : १३

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले सपथ ग्रहण गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।
उनीहरुलाई नेकपाका महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् ।
अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना छन् । अनेरास्ववियूले १८ पुसमा एकीकृत केन्द्रीय समितिको टुंगो लगाएको थियो । त्यसमा केही विद्यार्थी नेताहरुले असन्तुष्टि जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
-
असाममा १२ सयभन्दा बढी गाउँ डुबानमा, ३२ हजार मानिसका घरहरू डुबे
-
नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष कांग्रेसमा प्रवेश
-
राइड सेयरिङ विवाद : के छ व्यवसायीलाई देशव्यापी हडतालमा उतार्ने प्रदेश सवारी नियमावलीमा ? (पूर्णपाठ)
-
‘ताराहरू’को फस्ट लुक्स सार्वजनिक, के छ फिल्ममा ?
-
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने