अनेरास्ववियुको केन्द्रीय समितिले लियो सपथ
आइतबार, २७ पुस २०७६, १६ : १३
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले सपथ ग्रहण गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।
उनीहरुलाई नेकपाका महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् ।
अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना छन् । अनेरास्ववियूले १८ पुसमा एकीकृत केन्द्रीय समितिको टुंगो लगाएको थियो । त्यसमा केही विद्यार्थी नेताहरुले असन्तुष्टि जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण