आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

माथिल्लो तामाकोशीः भारतीय ठेकेदारको काम सुस्त, लम्बिने भयो समयावधि

सोमबार, २८ पुस २०७६, ०७ : ४१
सोमबार, २८ पुस २०७६

दोलखाको बिगु गाउँपालिका –१, लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ठाडो सुरुङकै कामले पछि धकेलिने भएको छ ।

आयोजनाको सबैभन्दा कठिन मानिएको ३७३ मिटरको तल्लो भर्टिकल सुरुङ र ३१० मिटरको माथिल्लो भर्टिकल सुरुङमा पेनस्टक पाइप राख्ने काममा ढिलाइ भएसँगै तामाकोसी आयोजनाको उत्पादन मिति पनि पछि धकेलिने भएको हो । 

तामाकोसी आयोजनाको लट नम्बर २ को हाइड्रो मेकानिकल कामको जिम्मेवारी पाएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले पेनस्टक जडानको काममा समेत ढिलाइ गरेको छ । यो समाचार आजको गोरखपत्र दैनिकमा कैलाश लामाले लेखेका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप