राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
सारांश
- स्वास्थ्य मन्त्री निशा मेहताले राष्ट्रिय आयुर्वेद केन्द्रको अनुगमन गरिन् ।
- केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा मन्त्रीले जोड दिइन् ।
- औषधीय जडीबुटी उत्पादन र संरक्षणमा मन्त्रालयले सहयोग गर्ने मन्त्रीले बताइन् ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गर्दै केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।
उनले केन्द्रबाट प्रवाह भइरहेका सेवा, उपलब्ध पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिनुका साथै सेवा विस्तार, गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा पदाधिकारीसँग छलफल गरेपछि उक्त कुरामा जोड दिएकी हुन् ।
मन्त्री मेहताले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद, पञ्चकर्म तथा योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । केन्द्रमा उपलब्ध सेवाबारे प्रचारप्रसार गर्नुपर्ने उनको कथन थियो ।
केन्द्रलाई मन्त्रालयबाट हर सम्भव सहयोग हुने पनि उनले बताइन् । मन्त्री मेहताले हर्रो, बर्रो, बोजोलगायत औषधीय जडीबुटीको उत्पादन, संरक्षण र उपयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै त्यसनिम्ति मन्त्रालयले सहयोग गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण