आवेदनको ६ महिनापछि कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया शुरु हुँदै
मङ्गलबार, २९ पुस २०७६, ०६ : ४९
आवेदन आएको ६ महिनापछि नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्ज कम्पनी छनोट प्रक्रिया अगाडि बढाउन थालेको छ
। बोर्ड अध्यक्ष पद रिक्त भएपछि कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया अघि बढ्न सकेको थिएन ।
अहिले नयाँ अध्यक्ष आइसकेपछि बोर्डले प्रक्रिया अगाडि बढाउन लागेको हो । बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले गत शुक्रबार पदभार ग्रहण गरेका थिए ।
बोर्डले कमोडिटी बजार सञ्चालन गर्न चाहने कम्पनीहरुलाई अनुमति दिन गत असारमा आवेदन खुला गरेको थियो । त्यतिबेला ६ कम्पनीले आवेदन दिएका थिए ।
कमोडिटी एक्सचेन्ज कम्पनी छनोटका लागि ५ सदस्यीय समिति गठन गरिएको थियो ।
यो समाचार आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण