व्यापार घाटा कम गर्न औद्योगिक ग्रामको अवधारणा ल्याएका हौं: मन्त्री भट्ट (भिडियो सहित)
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको अवधारणा ल्याएको बताएका छन् । नेपाल प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै व्यापारघाटा कम गर्न यो अवधारणा आएको उनले बताए ।
केही वर्ष अघिसम्म गाउँगाउँका जंगलहरुमा बेपता पर्याप्त भएपनि अहिले जंगल फडानीका कारण प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘हिजो केटाकेटी बेलामा बेतको जंगलहरु धेरै देखेको थिए । अहिले फडानी गरेर त्यहाँ बास्ती बसेका छन्’, उनले भने, ‘प्रहरीलाई बेतको लाठ्ठी भारतबाट आउने गरेका छन् । हाम्रो देशमा उन्नत जातका निगालोहरु पाउने भएपनि त्यसको सदुपयोग हुन सकेको छैन् ।’
मंगलबार राजधानीमा स्थानीय तहका पदाधिकारीहरुसँग औद्यौगिक ग्राम विकास तथा निर्माणका लागि सम्झौतापत्र आदान प्रदान तथा छलफल कार्यक्रममा मन्त्री भट्टले स्रोत, साधन र कला भएपनि त्यसको सदुपयोग गर्न नसकिएको बताएका छन् । मन्त्री भट्टले जुम्ला र दार्चुलाको राडीपाखी लिएर दिल्लीमा स—साना केटाहरु व्यापारका लागि स्मरण गरे ।
व्यापार घाटा बढ्यो भनेर मात्रै चिच्याउनुभन्दा अब घटाउनतिर सबै अग्रसर हुनुपर्ने उनको धारणा थियो । निर्वाचनको समयमा राजनीतिक दलहरुबीच वैचारिक द्वन्द्व हुने गरेको भएपनि विकास जनताका लागि गरिने भएकाले सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण