दसैँ–तिहार २५ दिन पर स-यो, विवाहको लगन घट्यो
बुधबार, ०१ माघ २०७६, ०६ : ३३
विक्रम संवत् २०७७ सालको दसैँ र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो ।
पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए । आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ । २०७६ सालमा करिब ३० दिन साइत परेको थियो ।
ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरे अनुसार घटस्थापना कार्तिक १ गते परेको छ भने विजादशमी १० गते परेको छ । तिहार कार्तिक २८ गते शुरु हुनेछ ।
आजको नेपाल समाचार पत्रमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण