आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

उमेरहद ५८ कि ६० ?

बुधबार, ०१ माघ २०७६, ०६ : ४०
बुधबार, ०१ माघ २०७६

निजामति कर्मचारीले अवकाश पाउने उमेरहद ५८ नै कायम राख्ने कि ६० बनाउने भन्ने विषयमा अझै अन्यौल देखिएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नौ महिनादेखि छलफल भइरहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उमेर हद ५८ कि ६० वर्ष भन्ने विषय विचाराधीन छ । समिति सदस्यहरुबीच सहमति नहुँदा सो विषय विचाराधीन भएको हो ।

उक्त विधेयकको धारा ५४ को अनिवार्य अवकास सम्बन्धमा ५८ वर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकास पाउने उल्लखे छ । सोही ऐनको दफा ५५ अनुसार कर्मचारीले पेस गरेको शैक्षिक प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आउने उमेर, निजको नागरिकतमा किटिएको जन्मदिन वा वर्षबाट हुन आउने उमेर र निजले व्यक्तिगत विवरणमा लेखिदिएको जन्मलाई आधार मानी उमेर गणना गरिनेछ ।

उक्त विधेयकमा शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता र निजले लेखेको विवरणमा जन्ममिति फरक परेमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मिति कायम गरी उमेरको गणना गरिने उल्लेख छ ।

आजको नेपाल समाचार पत्रमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप