तरुल र सखरखण्डको मूल्य ९१ प्रतिशतले वृद्धि
बुधबार, ०१ माघ २०७६, ०६ : ५१
माघे संक्रान्तिमा बढी खपत हुने तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको मूल्य यसवर्ष झण्डै दोब्बरले वृद्धि भएको छ । यी कन्दमूलको मूल्य गतवर्षको तुलनामा ९१ प्रतिशतसम्मले बढेको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बताएको छ ।
समितिको दैनिक मूल्य सूचीअनुसार गतवर्ष पुस ३० गतेको तुलनामा यस वर्ष सखरखण्ड र तरुलको मूल्य ९१ प्रतिशतले बढेको छ भने पिँडालुको मूल्य ३० प्रतिशतले वृद्धि भएको हो ।
गतवर्ष पुस ३० गते सखरखण्ड र तरुलको खुद्रा मूल्य प्रतिकेजी रु. ५५ र पिँडालुको खुद्रा मूल्य रु ६५ थियो । यस वर्षको पुस २९ गते (मंगलबार) सखरखण्ड र तरुलको खुद्रा मूल्य प्रतिकिलो रु. १०५ र पिँडालुको खुद्रा मूल्य प्रतिकिलो रु ८५ पुगेको छ ।
मूल्य बढे पनि यसको कारोबार भने चलायमान रहेको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । यो खबर आजको आर्थिक अभियानमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण