उपत्यकाका १८ वटा पेट्रोल पम्प अन्यत्र सारिदै
सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याएको छ । योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् । कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ ।
उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिनेछ । कोटेश्वर–जडिबुटी चोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिने छ भने उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध तथा १२४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान गरिनेछ ।
सरकारले काठमाडौं उपत्यकामा सञ्चालित १८ पेट्रोल पम्पलाई सार्नका लागि नेपाल आयल निगम र सडक विभागलाई तत्कालै यो काम सुरु गर्न निर्देशनसमेत दिएको छ ।
कार्ययोजनाअनुसार निगम र विभागलाई बज्रबाराही पेट्रोल पम्प (चापागाउँ), बालकुमारी पेट्रोल पम्प (चापागाउँ), टीकाभैरव डिजेल स्टोर (चापागाउँ), कनक पेट्रोल पम्प (कालिमाटी), कोत थुकु पेट्रोल पम्प (बालाजु), जयन्ती पेट्रोल पम्प (थापाथली), मायाराम भोलाराम पेट्रोल पम्प (थापाथली), बाबा पेट्रोल पम्प (कलंकी), श्यामा पेट्रोल पम्प (कलंकी) लाई अन्यत्र सार्न निर्देशन दिएको छ । यस्तै, त्रिशूल पेट्रोल पम्प (कलंकी), भ्याली रिकेश पेट्रोल पम्प (कोटेश्वर), कामाख्या पेट्रोल पम्प (कोटेश्वर), जुबी पेट्रोल पम्प (बौद्ध), बराल पेट्रोल पम्प (बौद्ध), साझा पेट्रोल पम्प (जावलाखेल), एचपी इन्टनेसनल (जावलाखेल), गायत्री पेट्रोल पम्प (जावलाखेल) र सीता पेट्रोल पम्प (महाराजगन्ज) पनि अन्यत्र सर्ने सूचीमा छन् ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण