काँग्रेस महाधिवेशनले युवा नेतृत्व छान्न जरुरी
-पुरुषोत्तम अधिकारी
मूलधारका नेपाली राजनीतिक शक्तिमध्ये नेपाली काँग्रेस पुरानो लोकतान्त्रिक पार्टी हो । उसले समाजवादी राज्य व्यवस्था स्थापित गर्दै मध्यम वर्गीय जनतालाई आधार बनाई पार्टी सञ्चालन गर्दै ७० वर्षभन्दा अझ बढी उमेर गुजार्दै सत्ता र सङ्घर्षद्वारा अनुमोदित हँुदै आएको छ ।
समाजवादी नेता बीपी कोइरालाको मार्ग निर्देशन, सुवर्ण शमशेरको व्यवस्थापन, गणेशमान र किशुनजी निष्ठावान सुसंस्कृत राजनीतिले जीवन्तता पाएको यो पार्टी आजको समयमा आइपुग्दा मणि हराएको शेषनाग जस्तै अवस्थाबाट गुज्रिरहेको छ । सामाजिक, आर्थिक, राजनीतिक अधिकार र न्यायका निमित्त अनवरत लड्दै आएको पार्टी आजको यस अवस्थामा पद्धति र सुशासन स्थापित गराउन आन्तरिक तथा बाह्य दुवै ठाउँबाट नसक्ने अवस्थामा छ ।
पार्टीभित्र चरम गुटबन्दी, असल र क्षमतावानभन्दा परिवारवाद गुटगत स्वार्थ हाबी भएका नेता नेतृत्वमा रहिरहनुले आन्तरिक लोकतन्त्र नाम मात्रमा सीमित रहेको छ । राणा र राजाशाहीसँग कहिल्यै नझुकेको पार्टी, पार्टीभित्रको जुँगाको लडाइँले क्षतविक्षत अवस्थामा छ । लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मासाथ गर्दै पदीय जिम्मेवारी, नैतिक मूल्य मान्यता, कर्मठ योगदान र भविष्यद्रष्टा, योग्यतावान युवा नेतृत्वलाई पार्टीको मूल नेतृत्वमा लैजान प्रत्यक्ष सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्ने सोच र समीक्षा अबको मार्गदिशा बनाएर अगाडि बढ्ने हो भने, सही र सक्षम नेतृत्व सही स्थानमा पदस्थापना हुन सकेमा, नेपाली राजनीतिमा खडेरी लागिरहेको नैतिक मूल्य मान्यतासहितको लोकतान्त्रिक प्रणाली संस्थागत र राज्य व्यवस्था, समाज, धर्म, संस्कृति र परम्परा सुचारु भई जीवन्त हुने छ । लोकतन्त्रप्रति लगाव रख्ने अन्य पार्टीसँग सद्भावपूर्ण एकता र समझदारी कायम गरी अगाडि बढ्ने आँट राख्नुपर्ने जरुरत पर्नेछ ।
कम्युनिस्ट पार्टीहरूको एकतापछि बनेको शक्तिशाली सरकार र उसले चलाएको राज्य सत्तामा भ्रम र यथार्थ जनतामाझ सञ्चार गर्न नसक्दा लोकतान्त्रिक प्रणालीभित्रकै संविधान अङ्गीकार गरेर बनेको नेपाल कम्युनिस्ट पार्टीको सरकार भए पनि विवेकशील नेपाली जनतालाई महसुस हुँदैछ । यो सरकार लोकतान्त्रिक मूल्य मान्यताभन्दा पनि दम्भपूर्ण रूपमा शासन प्रणाली सञ्चालित गरिरहेको छ । सत्ताको भर्याङ लोकतान्त्रिक प्रणाली भए पनि केन्द्रीकृत शासन सत्ताको आभाष दिँदैछ सरकार ।
सत्तामाथि हैकम राख्नेहरू वैचारिक र नैतिक रूपमा आफूलाई प्रतिरक्षा गर्नसक्ने अवस्थामा छैनन् । त्यो कमजोरीमाथि हुने प्रहारलाई समन गर्न विरोधी स्वर मलिन छ । जसको प्रत्यक्ष परोक्षरूपमा उदाहरणहरु प्रशस्त छन् ।
नेपाली काँग्रेसले प्रतिपक्षीको भूमिका निभाउन नसकेका निम्न मुद्दा उठाउनु पर्छ ।
–चिकित्सा विज्ञान विधेयक,
–निर्मला बलत्कारपछि हत्या काण्ड
–सुन काण्ड
–गुठी विधेयक
–वाइडबडी जहाज खरिद काण्ड
–सूचनाको हक सम्बन्धी विधेयक
सरकारविरुद्ध जनताको यति चर्को विरोध हुँदा पनि प्रमुख प्रतिपक्षी दल यी मुद्दामा सापेक्षित रूपमा विरोधमा उत्रन सकेन ।
सरकारको राम्रा कामको प्रशंसा र गलत काम को विरोधमा उत्रन नसक्नु नैतिकवान युवा नेतृत्व प्रमुख प्रतिपक्षी पार्टीभित्र हुन नसक्नुको कारण नै हो ।
आगामी १४औँ महाधिवेशनले प्रतिनिधिमूलक भन्दा पनि प्रत्यक्ष सहभागितामूलक रूपमा युवा नेतृत्वलाई पार्टीको प्रमुख स्थानमा पुर्याउन सक्यो भने इतिहासमा वैकल्पिक राजनीति शक्तिको रूपमा स्थापित हुँदै सङ्घर्ष–सत्ता, सत्ता–सङ्घर्ष झेल्दै आएको रैथान नेपाली काँग्रेस पुरानो लोकतान्त्रिक पार्टी निकट भविष्यमा नै लुप्त हुनबाट बच्न सक्छ ।
नेपालमा स्थापित हुन लागिरहेका वैकल्पिक राजनीति शक्ति जो लोकतान्त्रिक मूल्य मान्यता, सही मान्छे सही ठाउँमा, सुशासन, पद्धति, नैतिक मूल्य मान्यता सामाजिक आर्थिक रूपान्तरण उद्यमशील समाज निर्माण, विधिको शासन, शिक्षा रोजगार र स्वास्थ राज्यको विशेष दायित्वभित्र, सेवक सरकार (उद्यमशील नागरिकको विचार बोकेर हिँडेका शक्तिसँग सहकारिता गर्दै आगाडि बढ्न सकेमा नेपाल र नेपाली नागरिकको उन्नति प्रगतिप्रति समयमै सचेत बनौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण