पशुपतिमा पर्यटक आकर्षित गर्न सङ्गीत सन्ध्या,अव्यवस्थित पसलटहरा हटाइँदै
काठमाडौं । नेपाल भ्रमण वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषले नाद सङ्गीत पाठशालासँगको सहकार्यमा मासिक रूपमा सङ्गीत सन्ध्या आयोजना गर्न थालेको छ ।
माघे सङ्क्रान्तिदेखि प्रत्येक महीनाको १ गते बेलुकी विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षित गर्न सङ्गीत सन्ध्या आयोजना गरेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।
सङ्गीत सन्ध्यामा भजन, भक्तिसङ्गीतका माध्यमबाट पर्यटन प्रवद्र्धन गरिने जनाइएको छ ।
सङ्गीतसन्ध्या नाद सङ्गीत पाठशाला परिसरमा आयोजना गरिने जनाइएको छ । सङ्गीत सन्ध्याका माध्यमबाट नेपालको मौलिक संस्कृति यहाँ पर्यटकलाई जानकारी गराउने कोषको लक्ष्य छ ।
अव्यवस्थित पसलटहरा हटाइँदै
कोषले पशुपति क्षेत्रका विभिन्न स्थानमा स्वीकृति बेगर राखिएका फूललगायतका पसल हटाउने भएको छ ।
कोषले आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र पशुपति क्षेत्रका वनकाली, भकुण्डोल, मृगस्थली, कैलाशडाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसल सात दिनभित्र हटाउन आह्वान गरेको हो ।
सात दिनभित्र नहटाए कानून बमोजिम कोषले नै हटाउन शुरु गर्ने सूचनामा उल्लेख छ । स्वीकृति नलिइ राखिएका पसलले पशुपति क्षेत्र आउने पर्यटकलाई असहज भएको, पवित्र धार्मिकस्थलको सौन्दर्यमा कमी आएकाले हटाउन निर्देश गरिएको जनाइएको छ ।
पञ्चदेव पछाडिका २६ पसलमात्र कोषको स्वीकृतिमा सञ्चालनमा छ । पशुपति क्षेत्रमा करीब २०० पसल टहरा बनाएर सञ्चालन गरिएकोले तीर्थयात्री एवं पर्यटकलाई हिँडडुलमा असहज हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण