जवाफ पेस गर्न प्रसाईंलाई २१ दिने सूचना
बिहीबार, ०२ माघ २०७६, १४ : ५३
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई लिखित जवाफसहित अदालत उपस्थित हुन आदेश दिएको छ ।
बिहीबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई लिखित जवाफसहित २१ दिनभित्र अदालतमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ ।
बिएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्ययनका लागि सम्बन्धन प्रदान गर्न आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको प्रसाईंले आरोप लगाएका थिए ।
त्यसलगत्तै गिरीले जिल्ला अदालत काठमाडौँमा प्रसाईविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।
मुद्दा परेपछि जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई २१ दिनभित्र हाजिर हुन वा जवाफ पेस गर्न सूचना पठाएको जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।
यो पनि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण