कुमारी बैंकले देवः विकास बैंकलाई प्रप्ति गर्ने, चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी
काठमाडौं– कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ ।
बुधबार नागपोखरीस्थित काठमाडौं मेरिओट होटेलमा सम्पन्न एक समारोहबीच उक्त प्राप्ती (एक्विजिसन)को औपचारिक हस्ताक्षर सम्पन्न भएकोे हो ।
उक्त प्राप्तिका लागि समझदारीपत्रमा कुमारी बैंक र देव विकास बैंकका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय कृष्ण प्रसाद ज्ञवाली तथा भरत बहादुर हमालले हस्ताक्षर गरेका छन् ।
सो समारोह दुवै बैंकका अध्यक्ष, संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका उच्च व्यवस्थापनका पधादिकारीहरूमाझ सम्पन्न भएको छ ।
यस पश्चात् बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी, निक्षेप १२० अर्ब तथा ऋण लगानी १०५ अर्ब भन्दा अधिक हुने भएको छ । यसैगरी, बैंकको शाखा संजाल २०० भन्दा अधिक हुने भएको छ ।
बैंकको आन्तरिक वित्तिय, मानव संसोधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि हुनुका साथै राष्ट्रिय बैंकिङ्ग तथा वित्तीय प्रणालीको सम्बर्धन भई सोप्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृद्धि पुग्नेमा बैंक विश्वस्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण