बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चोर्दाचोर्दै गाडीसहित कीर्तिपुरबाट २ जना रंगेहात पक्राउ

बिहीबार, ०२ माघ २०७६, १८ : ३३
बिहीबार, ०२ माघ २०७६

काठमाडौँ । महानगरीय प्रहरी वृत कीर्तिपुरले घर निर्माणमा प्रयोग हुने फलामे टेकाहरु चोरी गरिराखेको अवस्थामा डीआई हात्ती गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– ७ लगनखेल बस्ने बर्ष ३६ को बिनोद विक र भारतका अर्का एक १४ वर्षीय बालक रहेका छन् । 

कीर्तिपुर नगरपालिका–४ पुष्पलाल पार्कस्थित एक घर निर्माणको लागि चाहिने सामाग्री फलामे टेकाहरु चोरी गरेको अवस्थामा सामानसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

वृत्तका डीएसपी छेदीलाल कामतीकाअनुसार प्रहरी निरीक्षक सुशील केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले बा.१३च ७१९८ नम्बरको डीआई हात्ती गाडीसहित विक र पक्राउ गरिएको हो । 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप