चोर्दाचोर्दै गाडीसहित कीर्तिपुरबाट २ जना रंगेहात पक्राउ
बिहीबार, ०२ माघ २०७६, १८ : ३३
काठमाडौँ । महानगरीय प्रहरी वृत कीर्तिपुरले घर निर्माणमा प्रयोग हुने फलामे टेकाहरु चोरी गरिराखेको अवस्थामा डीआई हात्ती गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– ७ लगनखेल बस्ने बर्ष ३६ को बिनोद विक र भारतका अर्का एक १४ वर्षीय बालक रहेका छन् ।
कीर्तिपुर नगरपालिका–४ पुष्पलाल पार्कस्थित एक घर निर्माणको लागि चाहिने सामाग्री फलामे टेकाहरु चोरी गरेको अवस्थामा सामानसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
वृत्तका डीएसपी छेदीलाल कामतीकाअनुसार प्रहरी निरीक्षक सुशील केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले बा.१३च ७१९८ नम्बरको डीआई हात्ती गाडीसहित विक र पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण