इरानका सर्वोच्च नेता खामेनीले दिएको अभिव्यक्तिप्रति ट्रम्पको चेतावनी
एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीलाई ‘उनका शब्दहरूप्रति होसियार बन्न’ चेतावनी दिएका छन् ।
‘पछिल्लो समय साख गुमाइसकेका इरानका तथाकथित ‘सर्वोच्च नेता’ले यूरोप र अमेरिकाबारे ‘नीच शब्दहरू’ बोलेका छन्,’ शुक्रबार खामेनीद्वारा प्रार्थनासभामा सम्वोधनका क्रममा प्रयोग गरेका शब्दहरूप्रति चासो व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
ट्रम्पले भने, ‘खामेनीको सम्बोधनमा प्रयोग भएको भाषा उत्तेजित थियो । खामेनीले बेलायत, फ्रान्स र जर्मनीलाई ‘अमेरिकाको सेवक’ भनेर गम्भीर गल्ती गरेका छन् ।’
ट्वीट सन्देशमा भनिएको छ, ‘इरानको अर्थतन्त्र धराशायी भएको छ र त्यहाँका नागरिक पीडित छन् । नेतृत्वमा रहेका नेताले आफ्नो भाषा ९शब्द० प्रयोगमा होशियारी नअपनाएमा यसको नतिजा उनीहरू आफैले भोग्नुपर्नेछ ।’
शुक्रबार तेहरानको प्रसिद्ध मोसाला मस्जिदमा प्रार्थनासभामा सन् २०१२ पछि पहिलो पटक सम्वोधन गर्दै इरानविरोधी शक्तिले दुर्घटनालाई इस्लामिक गणराज्यको विरूद्धमा प्रचारप्रसार गर्न लागि परेका बताएका थिए । प्रवचनमा इरानी नागरिकलाई राष्ट्रियताको रक्षाका लागि एक गर्न आग्रह गर्दै अमेरिकालगायत यूरोपेली केही मुलुकको नाम लिएरै आलोचना गरेका थिए ।
सर्वोच्च नेता खामेनीले तेहरानमा गरेको सम्बोधनमा विमान खसालिनु तीतो यथार्थ भएको र यसले हरेक इरानी नागरिकको मन जलेको बताउँदै तर यसैको आवरणमा केही शक्तिले इरानी विशेष बलका मेजर जनरल कासिम सुलेमानीको शहादत र बलिदानलाई बिर्साउने गरी घटनालाई अतिप्रचारमा ल्याएका भन्दै यसमा सबै इरानीले सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण