राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा नेपाल संघीय समाजवादीले नेकपा र राजपालाई सघाउने
काठमाडौ । नेपाल संघीय समाजवादी पार्टीले माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ मा नेकपाका उम्मेदवरलाई मत दिने भएको छ । आइतबार नेकपा महासचिव विष्णु पौडेल, राजपा नेपालका संंसदीय दलका नेता महन्थ ठाकुर तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीबीच यस्तो सहमति भएको हो ।
तीन पार्टीवीच भएको २ बुँदे सहमतिमा ‘यही २०७६ माघ ९ गते प्रदेश नं. २ मा सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाल संघीय समाजवादी पार्टीका मतदाताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महिला तर्फका उम्मेद्वार तुलसा कुमारी दाहाल, दलित तर्फका उम्मेद्वार राधेश्याम पासवान र राष्ट्रिय जनता पार्टी, नेपालका अन्य तर्फका उम्मेद्वारहरु मृगेन्द्रकुमार सिंह यादव, अल्पसंख्यक तर्फका उम्मेद्वार शेखरकुमार सिंहको पक्षमा मतदान गरी सघाउने’ उल्लेख छ ।
त्यस्तै सहमतिको अर्को बुँदामा आगामी दिनमा पनि राजनीतिक रुपमा सहकार्य र सहयोग आदान–प्रदान कार्य जारी रहनेछ उल्लेख छ ।
यसअघि यो प्रदेशमा नेकपा र राजपाबीच चारमध्ये दुईदुई सदस्य पदमा एकले अर्कोलाई सघाउने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण