मेस्सीको निर्णायक गोलमा बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस महारथि बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ग्रानाडालाई १–० गोलले हराउँदै बार्सिलोनाले पुनः शीर्ष स्थान कब्जा गरेको हो । शीर्ष स्थानमा पुनरागमन गर्ने क्रममा बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पारेको छ ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले ७६औं मिनेटमा निर्णायक गोल गरे । मेस्सीले अर्टुरो भिडालको पासमा गोल गरेका थिए । यसअघि ग्रानाडा ६९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । जर्मन सान्चेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । १० खेलाडीमा समेटिएपछि ग्रानाडाले बार्सिलोनालाई रोक्न सकेन ।
यसअगि ग्रानाडाले पनि लगातार गोलको अवसर बनाएको थियो । बार्सिलोनाले पनि राम्रा अवसर खेर फालेको थियो । जितसँगै बार्सिलोनाले २० खेलबाट ४३ अंक बनाएको छ । बार्सिलोनाले रियललाई गोल अन्तरका आधारमा पछि पारेको छ । रियलको पनि समान ४३ अंक छ । २७ अंक बनाएको ग्रानाडा १०औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउन प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरस्थित सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
-
वर्ल्डलिंकले दायर गरेको सबै मुद्दा खारेज, राज्यलाई २ अर्ब बुझाउनुपर्ने
-
मधेसमा ४ दल मिलेर सरकार गठन गर्ने, मुख्यमन्त्रीमा सहमति हुन बाँकी
-
नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ
-
मधेस प्रदेश : एमाले र माओवादी केन्द्रद्वारा समर्थन फिर्ता, जसपा नेपाललाई झट्का