सभामुखमा अग्नि सापकोटाद्वारा उम्मेदवारी दर्ता (७ तस्बिरमा हेर्नुहोस् )
मङ्गलबार, ०७ माघ २०७६, १२ : ०१
काठमाडौ । प्रतिनिधिसभाको सभामुख पदका लागि प्रतिनिधि सभा सदस्य अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार संसद सचिवालय पुगेर सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका हुन् ।
सापकोटाको प्रस्तावकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेता देव गुरुङ,ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्ण रहेका छन् ।
उम्मेदवारी दर्ता गरेपछि सापकोटाले आफू सभामुखमा निर्वाचित भए संसदको ओज र गरिमा उचो राख्ने छोटो प्रतिकृया दिएका छन् ।
नेकपाको आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सभामुखमा काँग्रेसले भने उम्मेदवारी नदिने भएको छ ।
निवर्तमान सभामुख कृष्ण बहादुर महरा बलात्कार प्रयास आरोपमा मुछिएपछि गत असोजदेखि सभामुख पद खाली रहँदै आएको छ ।
तस्बिरहरुः शम्भु दंगाल






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण