फेरि हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावले मङ्गलबार देशका विभिन्न स्थानमा बदली भएको छ । जसका कारण देशका केही भेगमा वर्षासहित हिमपात हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद् मञ्जु बासीले मौसममा आएको बदलीले पश्चिमी भेगमा बढी वर्षा हुनेछ । उच्च हिमाली र पहाडी भेगमा हिमपात हुने जानकारी दिए । पूर्व र मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।
मौसममा देखिएको बदलीले काठमाडौँको आकाशमा बादल रहे पनि भारी वर्षा भने नगराउने र वर्षा भइहालेमा फाट्टफुट्ट हुने अनुमान महाशाखाकोे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशका अधिकांश भूभागमा सामान्य बदली रह्यो । पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । बुधबार मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । बिहीबार भने तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्नेछ । राति भने देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक: रातो रङ इङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण