शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन

शनिबार, ०२ साउन २०८३, १८ : १२
शनिबार, ०२ साउन २०८३

सारांश

  • गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षण तथा अनुगमन गरेका छन्।
  • गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीलाई निष्पक्ष अनुसन्धान गर्न, नागरिक मैत्री सेवा प्रवाह गर्न र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउन निर्देशन दिए।
  • उनले शान्ति सुरक्षा कायम गर्न र सुशासनको अनुभूति दिलाउन प्रहरीलाई निर्देशन दिए।

गोरखा। गृहमन्त्री सुधन गुरुङले शनिबार जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षण तथा अनुगमन गरेका छन्।  सोही अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखाको तर्फबाट कार्यालय प्रमुखले समग्र कामकारबाही समेटेर प्रस्तुतीकरण गरेका थिए।

निरीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गृहमन्त्री गुरुङले सक्कल दर्जाका सम्पूर्ण प्रहरी कर्मचारीलाई निष्पक्ष एवं विवादरहित अपराध अनुसन्धान गर्न निर्देशन दिए। नागरिक मैत्री सेवा प्रवाह, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, नागरिक प्रति जिम्मेवार र उत्तरदायी भई काम गर्न उनले आग्रह गरे। 

शान्ति सुरक्षाको सुव्यवस्था कायम गर्न उच्च मनोबलका साथ कार्यसम्पादन गरी आम जनतालाई सुशासनको अनुभूति दिलाउन उनले निर्देशन दिए। मन्त्री गुरुङले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै आम जनतालाई सुशासनको अनुभूति गराउनुपर्छ भन्दै प्रहरी कर्मचारीलाई जिम्मेवार बन्न सचेत गराए।

उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख दिपेन्द्र बहादुर जिसी, गण्डकी प्रदेश सशस्त्र प्रहरी प्रमुख प्रविण कडेल, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ सहभागी थिए। यसैगरी जिल्ला प्रहरी कार्यालय गोरखाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनिल खड्का, प्रहरी नायव उपरीक्षक राज कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय गोरखाका उपअनुसन्धान निर्देशक पवन जोशी उपस्थित थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप