प्रधानमन्त्रीलाई काँग्रेस सभापतिको दुखेसो – म त बर्वाद भएँ नि यार !
काठमाडौँ । शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग बालुवाटारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दुखेसो थियो, ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकेँ यार !’
प्रमले ‘के भयो ?’ भनी सोध्न खोज्दा खोज्दै देउवाले वाक्य नरोकी भने, ‘बाहिरका मान्छेले मलाई प्रतिपक्षी राम्रो भएन, केही लछारपाटो लगाउन सकेन भन्छन् । पार्टीभित्रै संसदमा पनि केही भूमिका खेल्न सकेन भनेर सराप्छन् । पार्टी नै छैन जस्तो, गतिविधि देखिएन भन्दै मेरो विरोध छ । मचाहिँ खुरुखुरु भनेको मानेर सघाइरहेको छु । तपाईंहरुचाहिँ मलाई पेल्नुहुन्छ ।’
उनले, ‘म त बर्बाद भइसकेँ यार...’ भन्दै आफ्नो विवशता, निरीहता र आफू कमजोर हुँदाको वास्तविकता यसरी खुलासा गरेपछि प्रधानमन्त्री ओलीले उदारता देखाएका छन् ।
नेपालको संसदीय इतिहासमा सम्भवतः सत्तापक्षत्रले प्रतिपक्षलाई यति ठूलो सरप्राइज सायदै दियो, जुन शनिबार प्रधानमन्त्री केपी ओलीले दिए । अर्थात्, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगका लागि झण्डै आधा आधा भागबन्डा पाइन्छ भन्ने कल्पनै नगरी बालुवाटार छिरेका काँग्रेस नेताहरु आ–आफ्नो सिफारिस गराउन सकेकोमा पूरै सन्तुष्ट भएर फर्किएका छन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक: रातो रङ इङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण