अकास्मात यसरी आयो अग्निको नाम
बजारको अनुमान छ – सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पाखुरै सुर्किएर आफ्नो पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराई छाडेका छन् । तर, वास्तविकता फरक रहेछ, आइतबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकमा उनले अग्निको ‘अ’ पनि भन्न पाएनन् ।
प्रचण्ड, माधव नेपाल, वामदेव गौतमतिर पालैपालो हेर्दै प्रधानमन्त्री केपी ओलीले सानो स्वरमा भने, ‘तपाईंहरु सबै एक भएर आउनुभयो ! अब म के भनौँ ।’
यदि आफ्नो पूर्वपार्टीको घेराबन्दी र चरम दबाबमा नपरेको भए प्रचण्ड आफै पनि ‘भगौ त सुवासजीलाई नै गरौँ’ भन्नेमा पुगिसकेका थिए ।

तर, त्यसमाथि भैँसेपाटी गठबन्धनले सभामुख जो भए पनि प्रस्तावक प्रचण्ड हुनुपर्छ भन्ने बल उनलाई दिइसकेपछि प्रधानमन्त्रीले सचिवालय बैठकमा धेरै केही बोलेनन् ।
भैँसेपाटी गठबन्धनका नारायणकाजीबाहेक चार भाइचाहिँ प्रचण्डनले सभामुखको नाम फ्याटै भनिहाले भन्नेमा थिए ।
तर, केपी ओलीले त्यो मौका नै दिएनन् र भने ‘अग्नि सापकोटा’ । यसरी अग्निको नाम ओलीको मुखबाट प्रस्तावित भयो । त्यसमा ‘हुन्छ हुँदैन’ भन्ने प्रश्नै उठेन । प्रस्ताव पारित भयो । बैठक सकियो ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण