मच्छिन्द्र र पुलिसको भिडन्त आज
काठमाडौँ । गणितीय समीकरणमा रोमाञ्चक बन्दै गएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेलहरु आज (बुधबार) देखि सुरु हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ः०० हुने आठौं चरणको एकमात्र पहिलो खेलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब भिड्दैछन् ।
यसअघि शीर्ष स्थान कब्जा गर्दै आएको मच्छिन्द्र सातौँ चरणमा पुगेर दोस्रो स्थानमा झरेको थियो । त्यसैले मच्छिन्द्र पुलिसलाई हराउँदै उपाधि होड बलियो बनाउने दाउमा छ । पुलिस पनि मच्छिन्द्रलाई रोक्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा छ । मच्छिन्द्रलाई अहिले स्टार खेलाडीको साथ छ । यसअघि मनाङबाट खेलिरहेका स्टार खेलाडीलाई टोलीमा समावेश गरेको मच्छिन्द्रमा विदेशी खेलाडी पनि राम्रो लयमा देखिएका छन् ।
यता, पुराना र नयाँ खेलाडीको समिश्रण रहेको पुलिसको प्रदर्शन विगतको भन्दा खस्किएको छ । तरपनि अनुभवी पुलिसलाई पन्छाउन सक्नु मच्छिन्द्रका लागि ठूलो चुनौती हुनेछ । उपाधि दावेदार मच्छिन्द्रले यसअघि सात खेलबाट १३ अङ्क बनाएको छ । ११ अङ्क बनाएको पुलिस छैटौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्मीको १६ अङ्क छ ।
तेस्रो स्थानमा रहेको मनाङको पनि १३ अङ्क छ । चौथो र पाँचौं स्थानमा रहेको एनआरटी र थ्रीस्टारको समान ११ अङ्क छ । यता रेलिगेसनमा रहेको सरस्वतीसँगै रेलिगेसन जोगाउन प्रयत्न गरिरहेको विभायीग टोली एपीएफ र च्यासलको खेलले पनि आठौँ चरणलाई थप रोचक बनाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण