कर्णालीका पाँच जिल्ला सञ्चारविहीन
बुधबार, ०८ माघ २०७६, १६ : ०७
सुर्खेत । साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् ।
कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले राससलाई जानकारी दिए । ‘मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो’, प्रमुख खतिवडाले भने, ‘त्यसको लागि मङ्गलबार नै प्राविधिक टोली कालीकोट पठाइसकेका छौँ ।’
उनका अनुसार आजभोलि नै प्राविधिक टोलीले सञ्चार सेवा पुनःसञ्चालन गर्नेछ । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण