कतारले निःशुल्क मेडिकल सुविधा दियो तर म्यानपावरले १३ करोड असुले
बिहीबार, ०९ माघ २०७६, ०७ : १६
रोजगारीका लागि कतार जान गरिने स्वास्थ्य परीक्षण निशुल्क भएपनि म्यानपावर कम्पनीले युवाबाट प्रि–मेडिकलको नाममा १३ करोड भन्दा बढी असुलेको पाइएको छ ।
रोजगारीका लागि नेपाली युवा कतार पठाउँदै आएका म्यानपावर कम्पनीले कतार भिसा सेन्टर काठमाडौंमा निशुल्क गर्न सकिने स्वास्थ्य परीक्षणवापत श्रमिकलाई दोहोरो मेडिकल गर्न लगाएर १३ करोडभन्दा बढी अतिरिक्त शुल्क भराउन बाध्य पारेका हुन् ।
२०१९ को जुन १८ बाट कतारको गृह मन्त्रालयले बायोमेट सर्भिसेस प्रालिलाई नेपालमा निश्चित आवासीय प्रक्रियाहरुमा काम गर्ने गरी श्रमिकको हकमा निशुल्क मेडिकल र बायोमेट्रिकको सेवा सञ्चालन गर्ने अधिकार दिएको भए पनि म्यानपावरले श्रमिकसँग जनही ४ हजार ५ सय लिएर दोहोरो स्वास्थ्य परीक्षण गराउने गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक: रातो रङ इङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण