रोनाल्डोको गोलवर्षा जारी, युभेन्टस कोप्पा इटालियाको सेमिफाइनलमा
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पछिल्ला १० खेलमा आफ्नो १३ औँ गोल गरेपछि युभेन्टसले एएस रोमालाई ३–१ गोल अन्तरले हराउँदै कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
युभेन्टसले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । पोर्चुगलका स्ट्राइकरले गोन्जालो हिग्वाइनको क्रसमा गोल गर्दै खेलमो २६ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए ।
३४ वर्षीय रोनाल्डोको सन् २०२० मा यो सातौँ गोल थियो । कोप्पा इटालियामा भने उनको यो पहिलो गोल हो । योसँगै उनले विभिन्न १५ वटा प्रतियोगितामा गोल गर्न सफल भएका छन् ।
खेलको ३८ औँ मिनेटमा रोड्रिगो बेन्टाकुरले अग्रता दोब्बर बनाए भने इन्जुरी समयमा लियोनार्डो बनुचीले युभेन्टसलाई ३–० को अग्रता दिलाए ।
दोस्रो हाफमा जियानलुइजी बुफोनले आत्मघाती गोल गरेपछि रोमाले सान्तवना गोल गर्यो ।
युभेन्टसले अब सेमिफाइनलमा टोरिनो र एसी मिलानबीचको विजेतासँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण