मेलमिलाप र बेपत्ता पारिएकाहरुको छानबिन आयोगका पदाधिकारीद्वारा सपथ
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सत्य निरुपण आयोगका नवनियुक्त अध्यक्ष डा.गणेशदत्त भट्ट र बेपत्ता आयोगका नवनियुक्त अध्यक्ष युवराज सुवेदीलाई पद तथा गोपनीयताको सपथ गराएका ।
सोही अवसरमा प्रधानन्यायाधीशको उपस्थितिमा सत्य निरुपण आयोगका अध्यक्ष डा.भट्टले नव नियुक्त सदस्यहरु प्रचण्डमान प्रधान, डा.गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल तथा बेपत्ता आयोगका अध्यक्ष सुवेदीले नवनियुक्त सदस्यहरु विश्वप्रकाश भण्डारी, गङ्गाधर अधिकारी, सुनिल रञ्जना सिंह र सरिता थापालाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले गत शनिबार नाम सिफारिस गरेपछि उनीहरुलाई सरकारले नियुक्त गरेको हो । पदाधिकारीको नियुक्तसँगै गत चैतदेखि रिक्त रहेको दुवै आयोगले पूर्णता पाएका छन् ।
यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग दुवै आयोगका नवनियुक्त पदाधिकारीले आज भेट गरेका छन् । भेटमा मन्त्री ढकालले दुवै आयोगले ऐनद्वारा निर्धारित आफ्नो काम समयमा सफलतापूर्वक सम्पन्न गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पदाधिकारीलाई आग्रह गरे । उनले आयोगका काम कारवाहीमा सरकार तर्फबाट पूर्ण रुपमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
यो पनि पढ्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण