नेपाल सोझै टी–२० विश्वकपको ग्लोबल छनोटमा
काठमाडौं । नेपालले सोझै सन् २०२१ मा भारतमा हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाललार्ई ग्लोबल छनोट खेल्न मौका दिने निर्णय गरेको हो ।
आईसीसीको जनवरी १ मा सार्वजनिक गरेको टी–२० वरियताका आधारमा नेपाललाई सिधै ग्लोबल छनोटको मौका दिएको हो । नेपालसँगै जिम्बाबे, हङकङ र युएईले पनि सोझै ग्लोबल छनोटमा स्थान बनाएका छन् । ग्लोबल छनोटमा १६ देशले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालसँगै जिम्बाबे, हङकङ र युएईले क्षेत्रिय छनोट र सन् २०२० को विश्वकप खेल्ने टोलीका पुछारका चार देश सम्मिलित १२ देशसँग विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टोली विश्वकपका लागि छनोट हुनेछ ।
नेपाल आईसीसी वरियतामा १२औं स्थानमा छ । जिम्बाबे ११ औं युएई १५औं र हङकङ २०औं स्थानमा छन् । ग्लोबल छनोट २०२१ मार्च र जुलाईमा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जनयुद्धका चिठी' पुस्तक सार्वजनिक
-
युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
-
गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो
-
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक