बुल्गेरियाद्वारा तीन रूसीमाथि बिष सेवन गराई हत्या प्रयास गरेको आरोप
एजेन्सी । बुल्गेरियाले बिष सेवन गराई हत्या गर्ने प्रयास गरेको आरोप तीन रूसी नागरिकमाथि लगाएको बिहीबार बुल्गेरियाली अभियोजनकर्ताहरूले जानकारी गराएका छन् ।
उनीहरूमाथि हतियार निर्माता इमिल्यान गेब्रेव, उनका छोरा र कम्पनीका एक व्यवस्थापकलाई सन् २०१५ को अप्रिल २८ र मे ४ तारिखमा ‘अर्गानोफोस्फेट’ नामक विषाक्त तत्व सेवन गराई हत्या गर्ने प्रयास गरेको आरोप लागेको हो,” अभियोजनकर्ताहरूले एक विज्ञप्ति जारी गरी बताएका छन् ।
धेरैको जीवनलाई जोखिम गरेको अति बिषाक्त तत्वको प्रयोग गरी उनीहरूलाई हत्या गर्ने प्रयास गरिएको भएपनि समयमै उपचार हुँदा उनीहरूको जीवन बचेको थियो ।
विज्ञप्तिमा आरोपित तीनै जना रूसी नागरिकको नाम उल्लेख गरिएको छैन । तर उक्त घटना बेलायतको सोल्जबरी आक्रमणका नामले चर्चित रूसी पूर्व गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथिको रासायनिक आक्रमणसँग जोडिएको बताइएको छ ।

सन् २०१९ को फेब्रुअरीमा अनुसन्धानमुलक वेबसाइट बेलिङक्याटले आक्रमणमा तेस्रो व्यक्ति डेनिस भ्यास्चेस्लाभोभिच सेर्गिभ नामका रूसी सैन्य गुप्तचरका उच्च पदस्थ अधिकारी पनि जोडिएको हुनसक्ने उल्लेख गरेको थियो ।
सेर्गिभ नक्कली रूसी राहदानीमा स्क्रिपाल र उहाँकी छोरी यूलियालाई रासायनिक आक्रमण गरिनुपूर्व (दुइ दिन आगाडि) बेलायत पुगेको बेलिङक्याटले लेखेको थियो । उनी सन् २०१५ को फेत्र्रुअरी र अप्रिलमा बुल्गेरिया पुगेका थिए ।
सेर्गिभको बुल्गेरियाको दोस्रो भ्रमणको अन्तिम दिन गेब्रेभले सोफियामा गरेको स्वागत समारोहमा बेहोस भै लडेका थिए । उक्त बिषको असर गेब्रेभका छोरा र उनका कम्पनीका कार्यक्रम व्यवस्थापकमा पनि देखिएको थियो । तर ती सबै जना केही समयको उपचारपछि निको भई घर फर्किएका थिए । Photo: Dailymail
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा इन्धन सस्तो भएन, सरकारले उपभोक्तामाथि अन्याय गर्यो’
-
कस्तो मौद्रिक नीति चाहन्छन् उद्योगी–व्यवसायी ?
-
५ लाख ‘ड्रोन योद्धा’ तयार गर्दै दक्षिण कोरिया
-
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह : २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित
-
काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु, भारतीय विश्वविद्यालयबारे एकै थलोमा जानकारी
-
कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण