एकाएक किन रद्द भयो उपराष्ट्रपतिको चितवनको कार्यक्रम ?
नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार चितवन आइपुगेका थिए ।
उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरी कार्यक्रमका लागि आए पनि पछि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय गरेको जानकारी दिए ।
स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्कन लाग्नुभएको मगरले जानकारी दिए ।
कोटिहोमका संयोजक एवम् प्रमुख बाचक बालयोश्वर महाराज बताउने बिजय भण्डारी ठग भएको भन्दै समाचार बाहिरिएको छ । सो पश्चात कार्यक्रमका प्रमुख अतिथिका रुपमा आएका पुन कार्यक्रम विवादित भएको भन्दै सहभागी भएका हुन् ।
आजदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा महायज्ञ सञ्चालन हुन गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?
-
सरकारले ल्यायो नयाँ विज्ञापन नीति (पूर्णपाठ)
-
गँगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण