सभामुख पदमा निर्विरोध निर्वाचित भए सापकोटा, तस्विरमा हेर्नुहोस्
संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदमा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेकाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव परेकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

अध्यक्ष ठाकुरले निर्विरोध निर्वाचित भएकोमा प्रतिनिधिसभा र आफ्नो तर्फबाट कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दै हार्दिक बधाई पनि दिए ।

यसअघि सभामुख पदमा सापकोटालाई प्रस्ताव गर्दै नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले सिङ्गो संसदलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने भूमिका पुरा गर्नेछन् भन्ने विश्वास आफुले लिएको बताए । नेम्वाङ्गले अग्निप्रसाद सापकोटालाई सभामुख पद मा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको सांसद देव प्रसाद गुरुङ्ग, ओनसरी घर्ती र लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

प्रस्तावको समर्थन गर्दै सांसद घर्तीले सर्वसम्मतिको वातावरणले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न संविधान कार्यान्वयन र राष्ट्रका जल्दा बल्दा मुद्दाहरुमा सबै दललाई एकै ठाउँमा उभ्याउने अवस्था श्रृजना भएको बताइन् । यस्तो अवस्था निर्माण हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अझै सहज हुने आफुले विश्वास लिएको उनले उल्लेख गरिन् ।

सभामुख पदमा सापकोटालाई सर्वसम्मतिको वातावरण बनाउन सहयोग पुर्याएकोमा उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत सबै दलहरुलाई धन्यवाद पनि दिइन् ।
प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि संसदले ३८ दिनपछि मात्रै आइतबार सभामुख पाएको हो । कृष्ण बहादुर महराले असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण