सभामुख पदमा निर्विरोध निर्वाचित भए सापकोटा, तस्विरमा हेर्नुहोस्

संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदमा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेकाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव परेकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
अध्यक्ष ठाकुरले निर्विरोध निर्वाचित भएकोमा प्रतिनिधिसभा र आफ्नो तर्फबाट कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दै हार्दिक बधाई पनि दिए ।
यसअघि सभामुख पदमा सापकोटालाई प्रस्ताव गर्दै नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले सिङ्गो संसदलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने भूमिका पुरा गर्नेछन् भन्ने विश्वास आफुले लिएको बताए । नेम्वाङ्गले अग्निप्रसाद सापकोटालाई सभामुख पद मा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको सांसद देव प्रसाद गुरुङ्ग, ओनसरी घर्ती र लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।
प्रस्तावको समर्थन गर्दै सांसद घर्तीले सर्वसम्मतिको वातावरणले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न संविधान कार्यान्वयन र राष्ट्रका जल्दा बल्दा मुद्दाहरुमा सबै दललाई एकै ठाउँमा उभ्याउने अवस्था श्रृजना भएको बताइन् । यस्तो अवस्था निर्माण हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अझै सहज हुने आफुले विश्वास लिएको उनले उल्लेख गरिन् ।
सभामुख पदमा सापकोटालाई सर्वसम्मतिको वातावरण बनाउन सहयोग पुर्याएकोमा उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत सबै दलहरुलाई धन्यवाद पनि दिइन् ।
प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि संसदले ३८ दिनपछि मात्रै आइतबार सभामुख पाएको हो । कृष्ण बहादुर महराले असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो ।
प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप