नोबेलको शिविरबाट ११ सय बिरामी लाभान्वित
मोरङ । नोबेल शिक्षण अस्पतालले मोरङको सुनबर्षी नगरपालिका–२ अमरदहमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय २२ जना बिरामी लाभान्वित भएका छन् । अमरदह स्थित वीरेन्द्र सार्वजनिक माध्यमिक बिद्यालयसँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा २ सय १ जनाको भिडियो एक्सरे, १ सय ६५ जनाको ल्याव टेष्ट र १ सय १० जनाको ईसीजी गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार सुनबर्षी नगरपालिकाका बिभिन्न वडासहित रतुवामाई नगरपालिका र पथरीशनिश्चरे नगरपालिका क्षेत्रका बिरामीहरु पनि उपचारका लागि शिविरमा आएका थिए ।
शिविरमा नोबेलबाट बिशेषज्ञ डाक्टरसहित १५ जना स्वास्थ्यकर्मीको टोली गएको थियो । नोबेलको जेनेरल मेडिसिन, स्त्री, हाडजोर्नी तथा नसा, बाल, मानसिक, दन्त लगायत बिभागका बिशेषज्ञ डाक्टरहरुले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण