थ्रीस्टारलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा
काठमाडौं ।मछिन्द्र फुटबल क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा बलियो प्रतिद्वन्द्वी थ्रीस्टारलाई २–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मच्छिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राईले गोल गरे ।
मच्छिद्धन्द्रले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । ३८औं मिनेटमा रेजिनले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । उनी १० मिनेटअघि दिपक राईको स्थानमा अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका थिए ।
त्यसपछि मच्छिन्द्रले ९०औं मिनेटमा दोस्रो गोल गरेको थियो । विशालले पोस्ट नजिकबाट गोल गर्दै मच्छिन्द्रलाई सजिलै जिताए । बल पोसेसनमा राम्रो देखिएको थ्रीस्टारको स्ट्राईकिङ लाइन कमजोर बनेको थियो ।
मच्छिन्द्रका पिटर सेगुन म्यान अफ दी म्याच भए । उनलदे १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै मच्छिन्द्रले नौ खेलबाट १९ अंक बनाएको छ । समान खेलबाट १४ अंक बनाएको थ्रीस्टार क्लब चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण