थाइल्याण्ड उड्नअघि ओलीले भने, ‘प्रधानमन्त्रीले देशको शीर झुकाए’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा संविधानको कुरा उठाएर देशको शीर झुकाउने काम गरेको टिप्पणी गरेका छन् ।
शुक्रबार उपचारको लागि थाइल्याण्ड जानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै ओलीले भने, ‘यही संविधानमा टेकेर प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाले दिएको अभिव्यक्ति संविधानको भावनाविपरित रहेको छ ।’
प्रधानमन्त्री देउवाले बिहिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा संविधानको सर्वस्वीकार्यता बढाउन बहुमत पुर्याएर पुनः संविधान संशोधन गर्ने वाचा गरेका थिए ।
ओलीले उक्त भनाईको आलोचना गर्दै भने, ‘सार्वभौम संसदले दिएको फैसलाविरुद्ध वहाँको अभिव्यक्ति आएको छ । फेरि पनि भारतलाई रिझाउन ‘मैले सकेन प्रभु पुनः संशोधन प्रस्ताव पास गर्ने वातावरण बनाउन बिन्ति बिसाइयो ।’ प्रधानमन्त्री देउवाले क्षमायाचनाको भाषामा संविधान संशोधन विधेयक पारित गराउन नसकेको प्रतिक्रिया भारतीय प्रधानमन्त्री मोदी समक्ष दिएर नेपालको स्वाभिमानमाथि नै गम्भिर ठेस पु¥याएको पनि बताए ।
ओलीले प्रधानमन्त्री देउवाले संविधानको सर्वस्वीकार्यताबारे लज्जादपद अभिव्यक्ति दिएको पनि टिप्पणी गरे ।
भारतलाई खुसी पार्न यस्तो गरिएको ओलीको बुझाई थियो ।
अध्यक्ष ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार र पुनस्र्थापनाको कामलाई अझै प्रभावकारी बनाउन सरकारको पुनः ध्यानाकर्षण गराए । उनले पीडितलाई राहत दिने काममा पार्टीले सरकारलाई सक्दो सहयोग गरिरहेको पनि स्मरण गराए ।
अध्यक्ष ओलीले पीडितलाई राहत दिन पार्टीले स्थलगत रुपमै पनि पार्टीका नेता, कार्यकर्तालाई परिचालन गरिरहेको पनि स्पष्ट पारे ।
ओलीले आफू नियमित स्वास्थ्यपरिक्षणका लागि थाइल्याण्ड जान लागेको जानकारी समेत दिए । उनीसँग श्रीमति पनि सँगै थाइल्याण्ड गएकी छिन् । ओली बुधबार स्वदेश फर्किने बताइएको छ । उनी यसअघि जेठमा पनि उपचारका लागि थाइल्याण्ड गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण