एकैपटक ३०० विद्युतीय बस किन्न टेन्डर खोलिँदै
बिहीबार, १६ माघ २०७६, ०७ : ०५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३०० विद्युतीय बस किन्न टेन्डर खोल्ने तयारी गरेको छ । सरकारले उक्त मन्त्रालयलाई बस किन्ने जिम्मेवारी दिएपछि टेन्डरको काम अघि बढाइएको मन्त्रालयले बतायो ।
मन्त्रालयले एकैपटक ३०० ओटै बसको टेन्डर खोल्नेगरी काम गरिरहेको छ । सहसचिवको नेतृत्वमा समिति बनाएर इन्जिनीयर अध्ययन संस्थान, नेपाल विद्युत् प्राधिकरण, साझा यातायातलगायत प्रतिनिधिसँग छलफल गरी मन्त्रालयले टेन्डर डकुमेन्ट बनाउन लागेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताए ।
असार अन्तिम साताको मन्त्रिपरिषद् निर्णयमार्फत सरकारले ३०० विद्युतीय बस किन्न साझालाई रू. ३ अर्ब उपलब्ध गराएको थियो । तर, माघ ९ गतेको मन्त्रिपरिषद्को निर्णयले साझाले बस किन्नमा ढिलाइ गरेको भन्दै उक्त पैसा फिर्ता लिएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण