शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फिल्म सेटमा ‘चिया खुवाउन’ पनि तयार सनी लियोन

बिहीबार, १६ माघ २०७६, ११ : १८
बिहीबार, १६ माघ २०७६

बलिउड अभिनेत्री सनी लियोनले कुनै पनि काम सानो वा ठूलो नहुने बताएकी छिन् । भर्खरै निर्माता बनेकी सन्नीले बजेटको बारेमा कुराकानी गर्दै सबै कामको सम्मान गर्नुपर्ने बताएकी हुन् । 

उनी निर्माता बनेकै सन्र्दभमा कुराकानीको क्रममा सन्नीले फिल्मको बजेटको बारेमा पनि आफ्नो धारणा व्यक्त गरेकी छिन् । 

उनले भनिन्, ‘बलिउडमा यदि तपाईं सलमान, शाहरुख र अमिरबाहेक कुनै ठूलो नाम छैन भने जुनसुकै फिल्म सीमित बजेटमा निर्माण गरिन्छ । यदि फिल्मको बजेट र कथा बसमा छ भने कुनै पनि निर्देशकले निर्मातालाई दोष दिनुहुँदैन ।’

यसका साथै, सन्नीले निर्माताले नाफाको बारेमा कुरा गर्नु जायज भएको पनि बताएकी छिन् । उनले भनिन्, ‘मेरो इगो प्रोब्लम छैन । यदि फिल्मको सेटमा कसैलाई चिया दिनुपर्यो भने पनि मलाई कुनै समस्या हुँदैन । मलाई नराम्रो व्यवहार नगर्ने सबै मेरालागि बराबर हुन् । ’

उनले कसैको बारेमा बाहिरी रुपमा मुल्याकंन गर्नु गलत भएको बताएकी छिन् । भित्री रुपमा कसैको समस्या र पीडा नबुझी कसैलाई औंला उठाउन नहुने जिकिर गरिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप