फिल्म सेटमा ‘चिया खुवाउन’ पनि तयार सनी लियोन
बलिउड अभिनेत्री सनी लियोनले कुनै पनि काम सानो वा ठूलो नहुने बताएकी छिन् । भर्खरै निर्माता बनेकी सन्नीले बजेटको बारेमा कुराकानी गर्दै सबै कामको सम्मान गर्नुपर्ने बताएकी हुन् ।
उनी निर्माता बनेकै सन्र्दभमा कुराकानीको क्रममा सन्नीले फिल्मको बजेटको बारेमा पनि आफ्नो धारणा व्यक्त गरेकी छिन् ।
उनले भनिन्, ‘बलिउडमा यदि तपाईं सलमान, शाहरुख र अमिरबाहेक कुनै ठूलो नाम छैन भने जुनसुकै फिल्म सीमित बजेटमा निर्माण गरिन्छ । यदि फिल्मको बजेट र कथा बसमा छ भने कुनै पनि निर्देशकले निर्मातालाई दोष दिनुहुँदैन ।’
यसका साथै, सन्नीले निर्माताले नाफाको बारेमा कुरा गर्नु जायज भएको पनि बताएकी छिन् । उनले भनिन्, ‘मेरो इगो प्रोब्लम छैन । यदि फिल्मको सेटमा कसैलाई चिया दिनुपर्यो भने पनि मलाई कुनै समस्या हुँदैन । मलाई नराम्रो व्यवहार नगर्ने सबै मेरालागि बराबर हुन् । ’
उनले कसैको बारेमा बाहिरी रुपमा मुल्याकंन गर्नु गलत भएको बताएकी छिन् । भित्री रुपमा कसैको समस्या र पीडा नबुझी कसैलाई औंला उठाउन नहुने जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण