मलाई डबल स्टयान्डर्ड जीवन मन पर्दैनः सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्नि सापकोटाले आफुलाई डवल स्ट्याण्डर्ड जीवन मन नपर्ने बताएका छन् । बिहीबार संसदीय पत्रकार समाजले सिंहदरवारमा गरेको कार्यक्रममा सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।
उनले संसदलाई जीवन्त राख्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने प्रतिवद्धता पनि जनाए । ‘सदनलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ । सम्वाद र छलफलको वातावरण बनाएर नै अघि बढ्दा सवैलाई फाइदा हुन्छ’, सभामुख सापकोटाको भनाई छ ।
उनले पत्रकारहरुले गर्ने स्तरीय रिपोर्टिङले पत्रकार र संसद दुवैको उचाई बढ्ने भन्दै राज्यका प्रमुख तीन अङ्गमध्ये धेरै कुराको सुरुवात हुने अंग संसद भएको प्रस्ट पारे । नवनिर्वाचित सापकोटालाई पत्रकारहरुले संसदभित्र लवि रिपोर्टिङको व्यवस्था गर्न तथा मिडिया कक्ष व्यवस्थित बनाउन सुझाव दिएका थिए । त्यसक्रममा सभामुख सापकोटाले आफु देखेको कुरा प्रस्ट भन्ने भन्दै आफुलाई डवल स्ट्याण्डर्ड मन नपर्ने बताए । ‘मलाई डवल स्ट्याण्डर्ड जीवन मन पर्दैन, १५ वर्ष संसदीय अभ्यास र १० बर्ष जनयुद्धमा सहभागी बने, म आफ्नो प्रस्ट धारणासहित अघि बढ्दै आएको छु’, सभामुख सापकोटाको भनाई छ ।
उनले यसअघि पनि आफु सरकार र पार्टी प्रवक्ताको जिम्मेवारीमा रहँदा पत्रकारहरुको सम्पर्कमै रहेको भन्दै अब पनि सम्पर्कमै रहनुपर्ने भएकाले आफुलाई पुनर्मिलन लागेजस्तो अनुभव भएको बताए । कुनैपनि विषयमा सम्झौतावादी हुन नहुने सापकोटाको भनाई छ ।
‘अब काममा सँगै जाऊ, म कति गर्नसक्छु । तपाईँहरुले दिएको सुझाव राम्रा छन् । हाम्रो कार्यभार भनेको यो राष्ट्रको, यो व्यवस्थापिकाको र लोकतन्त्रको विस्तार र सुदृढिकरण हो । यो विस्तारका लागि मैले सकेसम्म बुद्धि विवेक प्रयोग गर्नेनै छु’, पत्रकारहरुको सुझाव सुनेपछि सापकोटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण