सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं । मोरङ, रुपन्देही र पर्साका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका-४ दुलारीस्थित सडकमा को.१ ख ३२०२ नम्बरको बसले को.३९ प ७६०७ नम्बरको स्कुटरलाई बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही नगरपालिका-१० बस्ने ४१ वर्षीय बुद्धिमान राईको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रुपन्देहीको देबदह नगरपालिका-१० स्थित सडकमा लु.३८ प ४५५४ नम्बरको मोटरसाइकल र लु.१ ज ३०९० नम्बरको भ्यान एक-आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही केरवानी-२ बस्ने ३६ वर्षीय प्रकाश भट्टराईको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्साको वीरगंज महानगरपालिका-१२ मुर्ली चोकस्थित सडकमा पनि बा.१५ च ७७७१ नम्बरको स्कार्पियो गाडी अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक बारा परमानिपुर गाउँपालिका-५ बहुअरी बस्ने आकास पटेलको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सोही गाडीमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज रिफर गरिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण