टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
शुक्रबार, १७ माघ २०७६, २२ : ०२
तनहुँको व्यास नगरपालिका–४ बागभञ्ज्याङमा टिप्परको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ ।
दमौलीबाट लमजुङको भोर्लेटारतर्फ जाँदै गरेको ना३९प ५०० नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ग१ख ८६७८ नंको टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ गीतानगर बस्ने ४६ वर्षीया अनिता पाठक रहेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । घाइते पाठकको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्परको ठक्करबाट मोटरसाइकल चालक एवं मृतकका श्रीमान् ४९ वर्षीय कृष्ण पाठक घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । टिप्पर र चालक प्रहरी नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण