सरकारले ल्याएका विधेयक लोकतन्त्रका लागि खतरा : प्रवक्ता शर्मा
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र विधिमात्रै नभएर संस्कृति पनि भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा लोकतन्त्रमाथि चुनौती र अगाडीको बाटो’ विषयक अन्तक्र्रियामा कार्यक्रममा प्रवक्ता शर्माले लोकतन्त्र विधि अनुसार चल्नुपर्ने बताए ।
सरकारले पछिल्लो समय अगाडि सारेका विधेयकले लोकतन्त्र नै खतरामा परेको बताउँदै शर्माले भने, ‘मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, गुठी विधेयक जसरी सरकारले ल्याएको छ । त्यसले लोकतन्त्रमा खतरा छ । बुढीगण्डकी नेपालले नै बनाउने भनेर डिजेल, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले लिने तर चिनियाँ गेजुवा कम्पनीलाई दिने ? यस्तो अपारदर्शीताले खतरा छ ।’
शर्माले संविधानको दायरा बढाउन गम्भीरता देखाउनुपर्ने र नभए लोकतन्त्रलाई नै त्यसले खतरा गर्ने बताए । उनले युवाहरुर्लाइ व्यवसायिक बन्न पनि आग्रह गरे ।
अर्थविद डा. स्वर्णीम वाग्लेले लोकतन्त्रलाई उन्नत बनाउन सांसदहरु मन्त्री बन्न नपाउने व्यवस्था लागु गर्दै जानुपर्ने बताए ।
चुनाव महंगो हुँदै गएकाले भ्रष्टाचार बढेको, सत्तामा आएपछि कार्यकर्ता पोस्ने प्रवृति हावी भएकाले लोकतन्त्रमा खतरा रहेको उनले बताए ।
यस्तै कार्यक्रममा पत्रकार बबिता शर्मा लगायतले आफ्नो धारणा राखेका थिइन् । सहभागिहरुसँग अन्तरक्रिया समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण