धनकुटाको त्रिशुलेमा दुई बस जुध्दा १३ यात्रु घाइते
धनकुटा । धनकुटा नगरपालिका–२ त्रिशुले नजिक आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् ।
मोरङको उर्लाबारीबाट धनकुटाको मारेककटहरे जाँदै गरेको को.१ ख.७८८० नम्बरको बस र संखुवासभाको चैनपुरबाट झापाको सौठा जाँदै गरेको को.१ ख.५१०५ नम्बरको बस दिउँसो करिव साढे २ बजे जुधेका हुन् ।
दुर्घटनामा परी दुवै बसमा सवार यात्रु घाइते भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।
हिलेस्थित बिजयपुर मेडिकलमा घाइतेहरुको उपचार भइरहेको छ । घाइते मध्ये धनकुटाको महालक्ष्मी–१ का ७१ बर्षीया निरमाया अधिकारी र चैनपुरका ७० बर्षीय सिंहमान तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कोशी राजमार्ग स्थित त्रिसुले नजिकको घुम्ति मोडमा बस ठक्कर खाएका हुन् । दुर्घटनाग्रस्त बसले सडक ढाक्दा कोशी राजमार्गको हिले–सिधुवा सडकखण्ड दिउँसो करिव आधा घण्टा अवरुद्ध भएको थियो । दुर्घटनापश्चात दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण