१० खेलाडीमा सिमित सिटीलाई टोट्टनहामको झट्का

इङ्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीलाई टोट्टनहामको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा टोट्टनहामले पाहुना टोली सिटीलाई २–० गोलले हरायो । हारसँगै सिटीको उपाधि यात्रामा ठूलो धक्का लागेको छ ।
टोट्टनहामको जितमा स्टेभेन वर्गजिन र ह्युङ मिन सनले गोल गरे । सिटीका इकेइ गुन्डोगान पहिलो हाफमा पाएको पेनाल्टीमै चुकेका थिए । त्यसपछि सिटी ६०औं मिनेटमा १० खेलाडीमा समेटियो । ओलेक्सन्डर जिनचेन्को दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए ।
जसको फाइदा टोट्टनहामले भरपुर उठायो । ६६औँ मिनेटमा स्टेभेनले गोल गर्दै टोट्टनहामलाई अग्रता दिलाए । उनले लुकास मौउराको पासमा गोल गरेका थिए । ७१औँ मिनेटमा ह्युङ मिन सनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । सनले टंगे एनडोम्बेलेको पासमा उत्कृष्ट गोल गरेका थिए । सिटीले अन्तिमसम्म गोल फर्काउन नसक्दा टोट्टनहाम सजिलै विजयी भयो ।
यस हारपछि सिटीको उपाधि सम्भावना कमजोर बनेको छ । दोस्रो स्थानमा रहेको सिटीको २२ खेलबाट ५१ अङ्क छ । सिटी शीर्ष टोली लिभरपुलभन्दा २२ अङ्कले पछि छ । लिभरपुलको ७३ अङ्क छ । जितसँगै ३७ अङ्क बनाएको टोट्टनहाम पाँचौ स्थानमा उक्लिएको छ । अर्काे खेलमा आर्सनल बर्नलीले गोलरहित बराबरीमा खेल्दै अङ्क बाडेका छन् । बराबरीसँगै ३१ अंक बनाएको आर्सनल १०औँ र समान अङ्क बनाएको बर्नली गोलअन्तरका आधारमा ११औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद् नियमावली संशोधनविरूद्ध, मुख्य रजिस्ट्रारलाई न्यायाधीश नियुक्त नगर्न अन्तरिम आदेश माग
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन
-
वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा