शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरको जितमा लुकाकु नायक

सोमबार, २० माघ २०७६, ०९ : ०९
सोमबार, २० माघ २०७६

रोमेलु लुकाकु चम्किएपछि इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा उडिनेसमाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले उडिनेसलाई उसैको मैदानमा २–० गोलले हरायो ।

इन्टरको जितमा लुकाकु नायक बने । दुवै गोल लुकाकुले गरेका थिए । पहिलो हाफ गोल रहति बराबरीमा सकिएको खेलमा लुकाकुले ६४औँ मिनेटमा गोलको खाता खोले । उनले निकोलो बरेलाको पासमा गोल गरेका थिए । लुकाकुले ७०औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरेका थिए ।

एलेक्सिस सान्चेजलाई उडिनेसका जुवान मुसोले फल हानेपछि पाएको पेनाल्टीलाई लुकाकुल सदुपयोग गरेका थिए । त्यसपछि थप गोल नहुँदा इन्टर सजिलै विजयी भयो ।

जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले २२ खेलबाट ५१ अङ्क बनाएको छ । शीर्ष स्थानमा रहेको युभेन्ट्सको ५४ अङ्क छ । २४ अङ्क बनाएको उडिनेस १५औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप