इन्टरको जितमा लुकाकु नायक
सोमबार, २० माघ २०७६, ०९ : ०९
रोमेलु लुकाकु चम्किएपछि इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा उडिनेसमाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले उडिनेसलाई उसैको मैदानमा २–० गोलले हरायो ।
इन्टरको जितमा लुकाकु नायक बने । दुवै गोल लुकाकुले गरेका थिए । पहिलो हाफ गोल रहति बराबरीमा सकिएको खेलमा लुकाकुले ६४औँ मिनेटमा गोलको खाता खोले । उनले निकोलो बरेलाको पासमा गोल गरेका थिए । लुकाकुले ७०औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरेका थिए ।
एलेक्सिस सान्चेजलाई उडिनेसका जुवान मुसोले फल हानेपछि पाएको पेनाल्टीलाई लुकाकुल सदुपयोग गरेका थिए । त्यसपछि थप गोल नहुँदा इन्टर सजिलै विजयी भयो ।
जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले २२ खेलबाट ५१ अङ्क बनाएको छ । शीर्ष स्थानमा रहेको युभेन्ट्सको ५४ अङ्क छ । २४ अङ्क बनाएको उडिनेस १५औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण