टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
सोमबार, २० माघ २०७६, १२ : १६
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० जरुवामा सोमबार बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
बिहान साढे ८ बजे प्रदेश १–०२–००१ ख ८१०९ नम्बरको टिपरले सुन्दर हरैचा नगरपालिका–१० कै ४७ वर्षीय बाबुराम कार्की सवार साइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका कार्कीलाई उपचारका लागि विराटनगर स्थित कोशी अस्पताल पठाइएको थियो । उपचारको क्रममा बिहान पौने १० बजे उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपर चालकलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण