ठेकेदारका कारण ९६ वटा पुलको निर्माण लथालिङ्ग
सोमबार, २० माघ २०७६, १४ : ३०
काठमाडौँ । ठेकेदार कम्पनीको लापरबाहीका कारण देशभरका ९६ वटा पक्की पुल निर्माणकार्य अवरुद्ध बनेको छ ।
साेमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो तथ्यांक पेश गरेका हुन् ।
उनीहरुले पुलको निर्माणकार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने मौन भएकोमा आक्रोश पोखेका छन् ।
योजना आयोग, अर्थमन्त्रालय र भौतिक निमाण मन्त्रालयबीच समन्वय हुन नसक्दा थप समस्या आएको सांसदहरुको भनाइ थियो ।
बैठकमा पप्पु कन्स्ट्रक्सनको बेइमानी मिडियाले खुलासा गरेपनि अन्य निर्माण कम्पनीहरुको विषयमा भने राज्य नै मौन बनिदिँदा बदमासी सार्वजनिक हुन नसकेको विषयमा कुरा उठेको थियो ।
हाल देशभर १६ सय वटा पल निर्माण कार्य भएपनि ९६ वटा पुल निर्माणमा समस्या रहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण